TodayPati

प्रदेश २ मा पहिलो चरणमै निवर्चन गराउने तयारी, प्रधानमन्त्रीले सुरक्षाकर्मीलाई दिए यस्तो निर्देशन

टुडेपाटी

काठमाडौँ, माघ १० गते ।

पहिलो चरणमा प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा मध्यावधि निर्वाचन हुने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

Sponsored

उनले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित ढंगले सम्पन्न हुने बताए ।

सशस्त्र प्रहरी बलको २० औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु ।’

Sponsored

सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति तोकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई चरणमा हुने निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहने समेत बताए ।

उनले भने, ‘मुलुक निर्वाचनको तयारीमा लागेको छ । सुरक्षा निकायले अहं भूमिका निर्वाह गर्ने बेला आएको छ ।’

उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह समेत गरे ।

अहिलेका अवस्थामा केही तत्वबाट विभन्न घटना घटाउने चेष्टा हुन सक्नेतर्फ समेत ध्यानाकर्षण गराउँदै घटना घट्नु अघि नै नियन्त्रण गर्न सुरक्षाकर्मीलाई निर्देशन समेत दिए ।

यसका लागि अन्य सुक्षाकर्मीसँग समन्वय गर्न समेत उनले सुझाव दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *