पहिलो चरणमा प्रदेश २ सहित चार प्रदेशमा निर्वाचन : प्रधानमन्त्री ओली
टुडेपाटी-
काठमाडौं, माघ ९ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलिरहित सम्पन्न हुने बताएका छन् ।
शुक्रबार सशस्त्र प्रहरी बलको २०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अगामी १७ र २७ बैशाखमा दुई चरणमा निर्वाचन हुने
बताए ।
प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबैको उत्तिकै दायित्व रहेको अोलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश २ सहित गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा र दोस्रो चरणमा प्रदेश १ सहित बागमती र कर्णाली प्रदेशमा निर्वाचन हुने जानकारी दिए । ‘यसको औपचारिक निष्कर्ष निस्किसकेको छैन । कसो गर्दा उचित हुन्छ, त्यहीअनुसार अघि बढ्नुपर्ला भन्ने सोचेको छु’ उनले भने ।
उनले सुरक्षा निकायलाई निष्पक्ष र विधिसम्मत तरिकाले अघि बढ्न आग्रह समेत गरेका छन् ।
Sponsored