TodayPati

जनकपुर : लोकप्रिय कमेडी रोचक एण्ड घोचक फेरि प्रशारण हुँदै, दर्शक खुशीले गदगद

टुडेपाटी

जनकपुरधाम, माघ ९ गते ।

लोकप्रिय मैथिली कमेडी  टेलिभिजन कार्यक्रम रोचक एण्ड घोचक पूनःप्रशारणमा आएको छ ।

Sponsored

अनुप जनकपुर मिडिया फोड्क्सन हाउस प्रा.लि जनकपुरधामले उत्पादन गरेको सो कार्यक्रम अप्पन टि.भि. बाट प्रसारणमा आएको छ ।

बन्द भएको १० महिनापछि फेरी प्रशारणमा अएको हो । यस अघि पनि अप्पन टि.भी बाटै प्रशारण हुदैं आएको थियो ।

समसामयिक बिषयमा कडा ब्यांग प्रहार गर्ने रोचक एण्ड घोचक कार्यक्रम बिगत ५ बर्षदेखि निरन्तर प्रसारण थियो । कोरोना महामारीले बन्द भएको सो हाँस्य ब्यंग कार्यक्रम फेरी संचालनमा आएपछि दर्शकहरु खुशी भएका छन् ।

Sponsored

यस अघि २०४ अंक प्रशासरण भइसकेको कार्यक्रमका निर्देशक प्रदिप महतोले जनाए । रोचक एण्ड घोचक सो कार्यक्रमको मुख्य कलाकारका रुपमा प्रदिप महतो, कृष्ण कुमार महतो, रोहित साह, सुनिता पासमान लगायतको अभिनय रहेको छ ।

नयाँ एपिसोड हरेक हप्ताको शनिबार राति ९ बजे अप्पन टिभी जनकपुरधाममा प्रशारण हुने छ । पुनः प्रशारण सोमबार ५ः३० देखि ६ः०० सम्म, बुधबार र शुक्रबार दिउँसो २ः०० देखि २ः३० सम्म हुनेछ ।योे प्रोग्राम अनुप जनकपुरको युटुभ च्यानलमा पनि हेर्न सकिने छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *