TodayPati

सप्तरीमा ओलीपक्षको सभामा गर्जिदै महेश बस्नेतले भने ‘प्रधानमन्त्री मधेशको विकासका लागि चिन्तित’

शुभ नारायण यादव-
सप्तरी ,माघ ८ गते ।

विपक्षिले आन्दोलनको माहौल तताइरहेका बेला सप्तरीमा नेकपाको सत्तापक्षिय राष्ट्रिय यूवा संघ नेपालले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन र सभा गरेको छ ।

सत्तापक्षिय राष्ट्रिय यूवा संघ नेपालद्वारा अाज सप्तरीको सदरमुकाम राजविराजमा मोटरसाइकल ¥याली, यूवा भेला तथा प्रशिक्षण कार्यक्रम कडा सुरक्षाबीच गरिएको छ ।

मोटरसाइकल ¥यालीका सहभागिले केपी ओली जिन्दावाद, नेकपा जिन्दावाद लगायतका नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । 

¥याली पश्चात् स्थानिय राजरंगशालामा प्रमुख अतिथिको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय यूवा संघ नेपालका केन्द्रिय इन्चार्ज महेश बस्नेतले विदेशीको उक्साहटमा आफ्नै पार्टीका केही नेताले षडयन्त्र गरि सरकार ढाल्ने योजना बनाएको र त्यसैलाई असफल बनाउन प्रतिनिधिसभा भंग गरिएको बताउँदै प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्नुभयो ।

Sponsored

उहाँले केपी ओलीको बिरोध गरेर मधेशको विकास सम्भव नभएको भन्दै मधेशकै विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्रीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्नुभयो ।

प्रधानमन्त्री मधेशको विकासका लागि चिन्तित हुनुहुन्छ, उहाँले थपे, यहाँका नेताहरुले पनि व्यक्तिगत स्वार्थको कुरा त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी छ । मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै उहाँले यो तरिकाले मधेशको विकास नहुने जिकिर दोहराउनु भयो ।

मधेशका सबै नेताहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उहाँले आफूहरुले कार्यक्रम गर्दा पनि बाधा अवरोध बिना शान्तिपूर्वक कार्यक्रम गर्न पाउने अपेक्षा राखेको बताउनु भयो ।

Sponsored

यूवा संघ नेपाल सप्तरीका सन्याेजक चितरन्जन यादवको अध्यक्षतामा आयोजित कार्यक्रमलाई यूवा संघका अध्यक्ष रमेश पौडेल, केन्द्रिय सदस्य देवानन्द महतो, संजिव झालगायतले पनि बोल्दै प्रधानमन्त्री ओलीको कदम संबैधानिक भएको दाबी गर्दै उहाँको कदमको बचाउ गरेका थिए

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *