उखु किसानद्वारा पुनः आन्दोलनको घोषणा
टुडेपाटी–
जनकपुरधाम, माघ ९ गते ।
उखु किसानले पुन: आन्दोलनको घोषणा गरेका छन् ।
सम्झौता अनुसार सरकारले २१ दिनभित्र उखु किसानको सम्पूर्ण बाँकी बक्यौता रकम भुक्तानी नगराएकाले उखु किसान संघर्ष समितिले पुनः आन्दोलनको घोषणा गरेको हो ।
संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले मौखिक रुपमा रु ६५ करोड कबुल गरेको रकममध्ये ५७ करोड भुक्तानी गराइसकेको र बाँकी ८ करोड पनि मन्त्रालयको नियन्त्रणमा आइसककेको जनाएको भएपनि यसमा शंका रहेको बताएको छ ।
माघ १० गतेदेखि फागुन ७ गतेसम्म किसान जागरण अभियान, फागुन ८ देखि १४ गतेसम्म कालोपट्टी बाँधेर खेतमा काम गर्ने, फागुन १५ देखि २१ गतेसम्म एक छाक उपवास बसेर खेतमा काम गर्ने लगायतको आन्दोलनको कार्यक्रम संघर्ष समितिले घोषणा गरेको हो ।
Sponsored
माग पूरा नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ राय, सचिव हरिश्याम राय र किसान रामविकास पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।