TodayPati

नेकपा विवाद : कुनै पक्षलाई कार्यक्रम गर्न नदिने जिसस सप्तरीको निर्णय

टुडेपाटी-
सप्तरी, माघ ८ गते ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ओली र प्रचण्ड–नेपाल दुवै समूहले गर्ने कार्यक्रम विवादीत बनेपछि जिल्ला समन्वय समिति सप्तरीले कुनै पक्षलाई कार्यक्रम गर्न सभाहल नदिने निर्णय गरेको छ ।

समितिले बिहीबार सूचना जारी गर्दै कार्यक्रममा नेकपाको दुवै पक्षबाट विवाद हुने सम्भावना देखिएको र सो विवादले सार्वजनिक सम्पत्तिमा क्षति हुनसक्ने भन्दै कार्यक्रम गर्न सभाहल नदिने निर्णय गरेको जनाएको छ ।

उक्त सभाहलमा नेकपाको ओलीपक्षीय युवा संघ नेपाल सप्तरीले अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको थियो ।

Sponsored

ओली कदमको विरोधमा उत्रिएका दाहाल–नेपाल पक्षका नेता–कार्यकताले विरोध जनाएपछि सो कार्यक्रम राजविराजस्थित रङ्गशालामा सारिएको हो । कार्यक्रममा हुनसक्ने तनावलाई मध्येनजर गरी व्यापक प्रहरी परिचालन गरिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *