TodayPati

बटेश्वर सहित देशका सबै वडामा सरकार विरुद्ध काँग्रेसको प्रदर्शन, ओली विरुद्ध यस्तो नारा लगाइयो

टुडेपाटी

बटेश्वर, माघ ८ गते ।

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसले प्रदेश २ सहित देशभरका सबै वडामा प्रदर्शन गरेको छ ।

Sponsored

‘संसद पुनःस्थापना गर, अधिनायकवाद मुर्दाबाद, केपी ओली मुर्दाबाद, केपी ओली राजीनामा दे, भ्रष्ट सरकार मुर्दावाद, दुःख पाए साराले केपी तिम्रै पाराले’  लगायतका नारा लगाउँदै काँग्रेसले धनुषाको बटेश्वर गाउँपालिका लगायत देशभरका ६ हजार ७४३ वडामा प्रदर्शन गरेको हो ।

यसैबीच बटेश्वर गाउँपालिका वडा नम्बर १ बाट निस्केको विरोध जुलुस वडाका विजयपुर, चित्रपुर लगायतका विभिन्न टोल हुँदै कार्तिकुमर बजारमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै वडाध्यक्ष शैलेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी लोकतन्त्र र संविधानको हत्या गरेको बताउँदै ओली विरुद्ध सम्पुर्ण जनतालाई संघर्षमा उत्रिन आह्वान गरे ।

Sponsored

काँग्रेसकै अर्का स्थानीय नेता अशोक महतोले प्रधामन्त्री ओलीको गैर संवैधानिक कदमले मुलुक ठूलो दुर्घटनामा फसेको बताए । प्रधामन्त्री ओलीले जमतको अपमान गरेको भन्दै उनले ओलीको यस्तो अक्षम्य अपराध विरुद्ध सबै दल र जनता एकजुट हुनुपर्ने बताए ।

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै कांग्रेसलले यसअघि पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरिसकेको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *