TodayPati

सप्तरीमा ओली समुहको कार्यक्रम विथोल्न खोज्ने प्रचण्ड-नेपाल समुहका ९ जना कार्यकर्ता पक्राउ

टुडेपाटी

सप्तरी, माघ ८ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व नेकपा समुहले सप्तरी राजविराजमा गर्न लागेको कार्यक्रम बिथोल्ने क्रममा नेकपा प्रचण्ड -माधव नेपाल समुह का ९ नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन ।
ओली समुहको जिल्ला युवा संघले निकालेको र्याली विथोल्न खोज्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

Sponsored

प्रहरीका अनुसार र्याली विथोल्न खोज्ने प्रचण्ड -नेपाल समुहका जिल्ला कमिटि सदस्य राजु जैसवाल ,छेदी रजक ,युवा बिधिर्थी नेता छोटे लाल यादव ,मुकेश यादव ,प्रेम कुमार यादव ,भुपेन्द्र यादव ,बिनोद यादव ,बम बम झा लागयतकाहरुलाइ पक्राउ गरेको छ ।

 राजविराजस्थित जनआन्दोलन चोकमा नाराबाजी गरिरहेका उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता भुवनेश्वर साहले बताए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको छ । प्रचण्ड -नेपाल समुहले पक्राउ परेकाहरुलाइ अविलम्ब रिहाइको माग गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *