TodayPati

भारतमा फुटपाथमा सुतिरहेका २० जना मजदुरमाथि ट्रक गुड्यो, १३ जनाको मृत्यु

एजेन्सी

जनकपुरधाम, माघ ६ गते ।

भारतको गुजरातमा गएराति ठूलो दुर्घटना भएको छ।

Sponsored

त्यहाँको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा ट्रकले किचेर १३ मजदुरको मृत्यु भएको हो।

त्यहाँको प्रहरीका अनुसार ती मजदुर राजस्थानको बान्सावाडा जिल्लास्थित कुशलगढका थिए।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो।

Sponsored

उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको बताइएको छ। दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए।

ट्रकले किचेर १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। अन्य ७ जना गम्भीर घाइतेको उपचार जारी छ।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको भारतीय संचारमाध्यमले जनाएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *