TodayPati

प्रदेश २ का मुख्यमन्त्री राउतले दिए होलीको शुभकामना

टुडेपाटी

जनकपुरधाम, फागुन २६ गते ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले होली पर्वको शुभकामना दिनुभएको छ । आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन राउतले आह्वान समेत गर्नुभएको छ ।

Sponsored

मुख्यमन्त्री तथा मन्त्रीपरिषदले जारी गरेको विज्ञप्तिमा ‘देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना’ गर्नुभएको उल्लेख छ । जनकपुरधामको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमिथिला डोला परिक्रममा सहभागी हुनुभएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा मुख्यमन्त्री राउतले विज्ञप्ति मार्फत शुभकामना दिनुभएको छ ।

प्रदेश २ मा होली पर्वको अवसरमा फागुन २७ र २८ गते दुई दिन सार्वजनिक विदा दिइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *