प्रदेश २ सरकारद्वारा ६० सहिद परिवारलाई जनही २५ हजार नगदसहित सम्मान
टुडेपाटी-
जनकपुरधाम, माघ ५ गते ।
प्रदेश नं. २ सरकारले मधेश आन्दोलनमा शहादत दिएका शहीदहरुको सम्झना तथा सम्मानमा बलिदानी दिवस मनाएको छ ।
जनकपुरमा एक कार्यक्रम गरी मनाएको बलिदानी दिवसमा मधेश आन्दोलनको क्रममा प्रदेश २ मा शहादत दिएका ६० जना शहीद परिवारका सदस्यहरुलाई प्रदेश सरकारले दोसल्ला र जनही २५ हजार नगद सहित सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, नेता अनिल झा, मुख्यमन्त्री लालबाबु राउत सहितका प्रदेश सरकार मन्त्रीहरुले शहीद परिवारलाई सम्मान गरेका छन् ।