TodayPati

बलिदानी दिवस मनाउन प्रदेश २ मा आज सार्वजनिक विदा

टुडेपाटी-

जनकपुरधाम, माघ ५ गते ।

प्रदेश २ मा आज सार्वजनिक विदा दिइएको छ । बलिदानी दिवसको अवसरमा प्रदेश सरकार सोमबार आज प्रदेशभरी सार्वजनिक विदा दिइएको हो ।

Sponsored

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेको दिन बलिदानी दिवस मनाउँदै आइरहेकोले सार्वजनिक विदा दिइएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

२०६३ साल माघ ५ मा सिरहाको लहानस्थित आन्दोलनका शहादत प्राप्त गरेका प्रथम सहिद रमेश महतोको स्मरणमा बलिदानी दिवस मनाउँदै आएको छ ।

दिवसका अवसरमा विभिन्न कार्यक्रम हुने गरे पनि शहीदको भावनाको कदर हुन नसकेको शहीदका परिवारले बताउने गरेका छन् । तीन चरणमा भएको मधेश आन्दोलनको क्रममा १०३ जनाले ज्यान गुमाएका थिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *