इन्डोनेसियामा ६.२ म्याग्निट्युडको भूकम्प : ४२ जनाको मृत्यु, सयौं घाइते
टुडेपाटी-
जनकपुरधाम, माघ ३ गते ।
इन्डोनेसियामा ६ दशमलब २ म्याग्निट्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा ४२ जनाको मृत्यु भएको छ ।
सुलावेसी टापुमा भूकम्प गएको बताइएको छ। भवनहरुले मानिसलाई पुर्दा सयौं घाइते भएका छन् भने दर्जनौं संख्यामा मानिसहरु पुरिएका छन् ।
हाल उद्धार कार्य जारी राखिएको छ भने मृतकको संख्या बढ्नसक्ने बीबीसीले बताएको छ ।
अधिकारीहरुका अनुसार शुक्रबार बिहानै सानो भूकम्प आएको थियो । त्यस लगत्तै ६.२ म्याग्निट्युडको भूकम्प गएको थियो । उक्त शक्तिशाली भूकम्प १० सेकेन्डसम्म आएको बताइएको छ ।
Sponsored
विनाशकारी भूकम्प र सुनामीका कारण इन्डोनेशिया अत्यन्तै प्रभावित हुने गरेको छ । सन् २०१८ मा सुलावेसीमै भूकम्पका कारण २ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।