TodayPati

कोरोनाको उद्गमस्थल वुहानमा पुग्यो डब्ल्यूएचओको विशेषज्ञ टोली

टुडेपाटी-

जनकपुरधाम, माघ १ गते ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विशेषज्ञ टोली चीनको वुहान पुगेको छ । 

Sponsored

कोरोना भाइरस महामारी उत्पन्न भएको चिनियाँ भूमिमा पहिलो पटक डब्ल्यूएचओको विशेषज्ञ टोली पुगेको हो । 

वुहानमा सन् २०१९ को डिसेम्बरमा कोरोना भाइरसको पहिलोपटक देखा परेको थियो । 

चीनमा डब्ल्यूएचओको टोली यस्तो बेलामा पुगेको छ, जहाँ आठ महिनापछि पहिलोपटक कोरोनाका कारण मृत्युको घटना भएको छ । 

Sponsored

यति बेला विश्वभरमा कोरोना महामारीको नयाँ रुपले त्रसित बनाएको छ । पछिल्लो विवरणअनुसार विश्वभर कोरोना संक्रमितको संख्या नौ करोड नाघेको छ भने २० लाख मानिसको ज्यान गइसकेको छ । 

विश्वका धेरै देशमा कोरोना महामारीको दोस्रो र तेस्रो लहर फैलिएको छ । महामारीका कारण मानिसको मृत्यु त भएको छ नै विश्वभरको अर्थव्यस्वस्थामा पनि गम्भीर असर परेको छ ।

चीनको वुहानमा बिहीबार पुगेको डब्ल्यूएचओको टोलीले कोरोना भाइरस कसरी फैलिएको भन्ने विषयमा अनुसन्धान गर्नेछ ।

सुरुमा चीनले कुनै पनि विदेशी अनुसन्धानकर्तालाई वुहानमा अनुमति दिएको थिएन । विश्वव्यापी रुपमा तीव्र दबाबपछि मात्र चीन डब्ल्यूएचओको टोलीलाई प्रवेश दिन तयार भएको हो ।  

डब्ल्यूएचओको टोलीमा १० जना विशेषज्ञ छन् । तिनमा भाइरोलोजिस्टका साथै अन्य विशेषज्ञ पनि छन् ।

विशेषज्ञहरु अमेरिका, अस्ट्रेलिया, जर्मनी, जापान, बेलायत, रुस, निदरल्यान्ड्स, कतार र भियतनामका छन् ।

चीन सरकारका प्रवक्ताले टोलीलाई चिनियाँ विशेषज्ञका साथ विचार आदानप्रदान गर्ने मौका दिइने बताएका छन्। तर उनले अनुसन्धानका लागि अनुमति दिने वा नदिने भन्नेमा केही बताएका  छैनन् ।

चीनको वुहान प्रान्तमा चमेरा र अन्य जनावरबाट मानिसमा फैलिएको कोरोना भाइरसका कारण लाखौं मानिसको मृत्यु हुँदा वैज्ञानिक पनि आश्चर्यमा छन् ।

चीनको सत्ताधारी दल कम्युनिस्ट पार्टीले भने भाइरस संक्रमण अन्य देशबाटै समुद्री भोजनबाट संक्रमण भएको दाबी गर्दै आएको छ । तर वैज्ञानिहरुले यसको इन्कार गरेका छन् ।

चीनको एउटा टेलिभिजन च्यानल सीजीटीएनले विशेषज्ञ टोलीलाई दुई सातासम्म क्वारेन्टिनमा राखिने जनाएको छ ।

त्यसपछि उनीहरुको स्वाब परीक्षण हुनेछ। क्वारेन्टिनमा रहेका बेला विशेषज्ञ टोलीले चिनियाँ विशेषज्ञसँग भिडियो कन्फरेन्स भने गर्न पाउने बताइएको छ । रोयटर्स

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *