TodayPati

चीनमा ५ महिनापछि फेरि तीव्र गतिमा फैलियो कोरोना, ४ सहरमा लकडाउन

टुडेपाटी-

जनकपुरधाम, माघ १ गते ।

चीनमा पाँच महिनापछि कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ । पाँच महिनापछि एक दिनमा सबैभन्दा धेरै संक्रमित चीनमा भेटिएका हुन् ।

Sponsored

कोरोनाको नयाँ लहरबाट बच्न चीनले चार सहरमा लकडाउन लागू गरेको छ । परीक्षण बढाइएको छ भने अन्य नियम समेत लागू गर्ने तयारी गरिएको छ ।

अधिकांश नयाँ संक्रमित राजधानी बेइजिङ आसपासमा भेटिएका छन् । बुधबार जारी गरिएको आधिकारिक तथ्यांक अनुसार उत्तरपूर्वी चीनको एक प्रान्तमा संक्रमितको संख्या बढेको देखिएको छ । संक्रमण बढेपछि  २८ मिलियन भन्दा धेरै मानिस होम क्वारेन्टिनमा राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेसनल हेल्थ कमिसनले विज्ञप्ति जारी गर्दै चीनमा ११५ जना नयाँ संक्रमित भेटिएको जनाएको छ । यसको एक दिनअघि ५५ जना संक्रमित भेटिएका थिए । ३० जुलाईपछि चीनमा एकै दिनमा यति धेरै संक्रमण पुष्टि भएको हो ।

Sponsored

संक्रमण बढेपछि हुवे प्रान्तका तीन सहरमा लकडाउन गरिएको छ । बेइजिङको प्रशासनले स्क्रिनिङ लगायतका काम सुरु गरेको छ । हेलुङजाङ प्रान्तले बुधबार कोभिड–१९ इमरजेन्सी घोषणा गरेको छ । प्रान्तिय राजधानी हार्बिनको सिमामा पर्ने सुहुवा सहरले लकडाउन गरेको छ ।

–बीबीसी हिन्दी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *