TodayPati

परराष्ट्रमन्त्री ज्ञवाली तीनदिने भ्रमणका लागि दिल्ली प्रस्थान

टुडेपाटी-

काठमाडौं, माघ १ गते ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीनदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन् ।

Sponsored

भ्रमण टोलीमा परराष्ट्र सचिव भरतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत सहभागी छन् ।

बैठकमा नेपालले सीमा विवाद, कोरोनाविरुद्धको खोप, नेपाल-भारतबीचको द्विपक्षीय सम्बन्ध, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने बताइएको छ । 

अहिले आयोगका अध्यक्षता भारतले गरिरहेको छ । आयोगको बैठक नेपाल र भारतमा पालैपालो हुने गरेको छ । 

Sponsored

प्रतिनिधिसभा विघटनपछि बढ्दो राजनीतिक अन्योलताका बीच मन्त्री ज्ञवालीको भारत भ्रमणलाई अर्थपूर्ण मानिएको छ । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *