TodayPati

रुसले दुई करोड ५० लाख डोज कोरोनाविरुद्धको खोप नेपाललाई दिन तयार

टुडेपाटी-
जनकपुरधाम, पुस २९ गते ।

रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्यूजलाई उदृत गर्दै उक्त समाचार सार्वजनिक गरेको हो ।

Sponsored

आरआईएले रुसको विदेश मन्त्रालयका अनुसार स्पुतनिक भी खोप नेपाललाई सकेसम्म चाँडो उपलब्ध गराउन तयार रहेको बताएको समाचारमा उल्लेख छ ।

रुसले उत्पादन गरेको स्पुतनिक भी खोप रुस, बेलारुस लगायत देशमा लगाउन थालिसकिएको छ ।

स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि अघिल्लो साता नेपालका लागि रुसका राजदूतसँग भेट गरी खोप उपलब्ध गराइदिन माग गरेका थिए । एजेन्सी

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *