TodayPati

प्रदेश १ का ओली समर्थक मुख्यमन्त्री र मन्त्री सहित ८ जना सांसदलाई निलम्बन गरियो

टुडेपाटी

विराटनगर, पुस २८ गते ।

नेकपाको प्रचण्ड(नेपाल पक्षले प्रदेश १ का मुख्यमन्त्री मुख्यमन्त्री शेरधन राईसहित केही मन्त्री र प्रदेश सांसदलगायत आठ जनालाई तीन महिनाका लागि निलम्बन गरेको छ ।

Sponsored

निलम्बन हुनेमा मुख्यमन्त्री राई, कानूनमन्त्री हिक्मतकुमार कार्की, कृषि राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेश सभा सदस्य इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्की रहेका छन् ।

भीम आचार्य नेता रहेको संसदीय दलले ८ जनालाई स्पष्टिकरणपछि निलम्बन गरेको टंक आङ्बुहाङले बताए । आङ्बुहाङ संसदीय दलका उपनेतासमेत हुन् ।

आङ्बुहाङले भने, हामीले १२ गते नै अविश्वासको प्रस्ताव दर्ता गरेका थियौं, त्यसपछि सरकार स्वतः कामचलाउ भएको छ । १५ गते संसदीय दलको बैठक बसेर भीम आचार्यलाई नेता छान्यौं ।

Sponsored

त्यही दिन संसदीय दलको बोर्ड गठन गरेर पहिला स्पष्टिकरण लियौं । उहाँबाट कुनै जवाफ नआएपछि निलम्बन गरिएको हो ।

यसअघि मुख्यमन्त्री राईले पनि भीम आचार्यसहितका १६ प्रदेश सभा सदस्यलाई निलम्बन गरेका थिए । केन्द्रमा राजनीतिक अस्थीरता बढ्दै जाँदा प्रदेशमा पनि अस्थीरता निम्तिएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *