TodayPati

कम्युनिष्टलाई जनताले करिब दुई तिहाई सिटमा जिताएर अपराध गरे : नेता महतो

टुडेपाटी-
जनकपुरधाम, पुस २७ गते ।

जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले कम्युनिष्टलाई जनताले करिब दुई तिहाई सिटमा जिताएर अपराध गरेको बताएका छन् ।

सोमबार जनकपुरमा आयोजित विशाल जनप्रदर्शन तथा विरोधसभालाई सोमबार जनकपुरमा सम्बोधन गर्दै नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभालाई विघटन गरेर जनताको मताधिकारको कदर नै नगरी हत्या गरेर देशलाई दुर्घटनामा धकेलेको बताए ।

Sponsored

उनले प्रतिनिधिसभा विघटन संसदीय व्यवस्था, लोकतन्त्र र संवैधानिक व्यवस्था माथि समेत  गम्भीर प्रहार गरेको आरोप लगाए । उनले संविधानलाई टेकेर बनेको सर्वोच्च संस्था प्रतिनिधिसभालाई प्रधानमन्त्री पद बचाउनका आफ्नै पार्टी भित्रको विवादको सामना गर्न नसक्दा अकालमा हत्या गरेर निरंकुश र तानाशाही बनेको आरोप लगाउदैँ आक्रोश समेत पोखे । 

मधेसी जनताको छातीमा गोली हानेर काँग्रेस, एमाले र माओवादीले फास्ट ट्रयाकको नाममा संविधान निर्माण गरेपनि मधेसी जनता पुनः अधिकार पाउनबाट ओलीले बञ्चित गरेको बताए । 

उनले भने, जुन दिन मधेशी जनताको छाती माथि गोली चलाएर संविधान निर्माण गरियो, त्यही दिन देशमा प्रतिगमन आइसकेको थियो । 

Sponsored

विरोधसभामा जसपाका अर्का नेता शरत्सिंह भण्डारीले प्रधानमन्त्री ओली जनताको दुश्मन रहेको आरोप लगाए । पूर्वमन्त्रीसमेत रहेका भण्डारीले ओलीले संसद विघटन गरेर देशमा राजनीतिक अस्थिरता निम्त्याएर वितण्डा मचाएको बताए । 

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *