TodayPati

बारामा ईश्वर पोखरेल र प्रभु साहलाई कालो झण्डा देखाइयो

टुडेपाटी-
बारा, पुस २७ गते ।

बारामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र शहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको छ ।

सोमबार ओली समूहको नेकपाले गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा सहभागी हुन पुगेका पोखरेल र साहलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले कालोझण्डा देखाएको हो ।

Sponsored

कालोझण्डा देखाउने क्रममा अखिलका केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला संयोजक राजेश्वर कुशवाहा, विद्यार्थी नेता सन्दीप साहसहित १० जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

विद्यार्थीहरुले असंवैधानिक ढंगले संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री बन्नकै लागि गलत कार्यमा समर्थन र सहयोग गरेको भन्दै विरोधस्वरुप कालोझण्डा देखाइएको अखिलका नेता सूर्यनारायण साहले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *