TodayPati

इन्डोनेसियामा ६२ जना सावार विमान दुर्घटनाग्रस्त, सबैको मृत्यु

एजेन्सी

जनकपुरधाम, पुस २६ गते ।

इन्डोनेसियामा ६२ जना सवार विमान दुर्घटनामा परेको छ ।

Sponsored

श्रीविजाया एअरको बोइङ्ग ७३७ विमान शनिबार दुर्घटनामा परेको हो।

अधिकारीहरुका अनुसार राजधानी जकार्ताबाट उडेको केहीबेरमै विमान दुर्घटनामा परेको हो । उडान भरेको चार मिनेटपछि नै विमान राडारबाट हराएको थियो ।

विमान दुर्घटना भएको स्थल पत्ता लगाउन सफल भएको उनीहरुल्े बताएका छन् । जकार्ताबाट पोन्तिएनाकका लागि उडेको विमान दुर्घटनामा परेको हो ।

Sponsored

विमान जकार्ता नजिकको आइल्याण्ड आसपासमा दुर्घटनामा परेको अनुमान छ ।

विमानमा १२ बालबालिकासहित ५० यात्रु र चालक दलका १२ सदस्य थिए ।

प्रत्यक्षदर्शीहरुले कम्तिमा एउटा विस्फोट सुनेको र देखेको बताएका छन् । माछा मार्दै गरेका सोलिहिनले आफूले विमान दुर्घटना भएको देखेको र त्यसपश्चात जहाजको कप्तानले जमिनमा फर्कने निर्णय गरेको बताएका छन् ।

‘विमान बिजुली चम्केको जस्तै गरी समुद्रमा खस्यो र पानीमा विस्फोट भयो,’ उनले भने, ‘यो हाम्रो जहाजभन्दा निकै नजिक भएको थियो, विस्फोटबाट उच्छिटिएको प्लाइले झण्डै हामीलाई लाग्यो ।’

विमान हराएको स्थानबाट नजिकका टापुका मानिसहरुले कथितरुपमा विमानको भगनावशेष फेला पारेको बताएका छन् ।

ती सबैको मृत्यु भइसकेको हुनसक्ने अनुमान गरिएको छ । विमान दुर्घटना भएको क्षेत्रमा १० भन्दा बढि पानी जहाज पठाइएको छन् । साथमा नेभी डाइभर पनि छन् ।

दुर्घटनाग्रस्त विमानको भग्नावशेष ठानिएको सामग्रीको अनुसन्धानकर्ताले त्यसको विश्लेषण गरेका छन् ।

राति स्थगित गरिएको उद्धार तथा खोजी अभियान आइतबार बिहान सुरु भएको अधिकारीले बताएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *