TodayPati

ओलीको भष्मासुर प्रवृतिलाई भष्म गरिदिन्छौं : नेता नेपाल

टुडेपाटी-
जनकपुरधाम, पुस २५ गते ।

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीबाट देशको र समाजको परिवर्तन सम्भव नभएको दावी गरेका छन् । कम्युनिष्ट प्रणेता जयगोविन्द साहको ३१ औं स्मृति सभालाई सिरहको वस्तीपुरमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले ओली भष्मासुर, दुर्योधन र दशासन प्रवृतिको भएको बताए ।

उनले भष्मासुर प्रवृतिका ओलिलाई एकदिन आफुहरुले भषम गरिदिने चेतावनी समेत दिए ।
‘ओली दुर्योधन, दुसासन र भष्मासुर प्रवृतिका छन् । त्यसैले ओलीबाट देश परिवर्तन, समाज रुपान्तरण र जनहतिको काम सम्भव छैन’नेता नेपालले भने ‘हामी एकदिन भष्मासुरलाई भष्म गरिदिन्छौं । ‘

Sponsored

असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटमा धकेलेको भन्दै नेता नेपालले झुट, अहंकार, घण्डको दोश्रो नाम केपी शर्मा ओली रहेको तर्क गरे ।

ओलीले देश पार्टी दुबै चलाउन नसकेको नेता नेपालको आरोपछ । उनले अनुशासनको पालना, पार्टीको मार्यादाल सिद्धान्त विचारमा चल्ने मान्छेबाट मात्र पार्टी लगायत देश र समाजको विकास तथा हित हुने दावी गरे ।
ओलीलाई पटक पटक सुधार गर्न प्रयास गर्दा समेत नसुध्रको र अन्तमा असंवैधानिक कदम चालेर देशलाई नै दुर्घटनामा धेकेलेको उनको भनाइ छ ।

नेता नेपालले ओलीले बुहमत आफ्नो पक्षमा रहेको रअधिकारिक आफु रहेको दावी गरेर झुटको खेति गरिरहेको आरोप लगाए । संसद विघटन गरेपछि ओली आफै कामचलाउ भइसकेको नेता नेपालको दावी छ । नेता नेपालले बहुमत आफ्नो पक्षमा रहेको दावी गर्दै असंवैधानिक कुको विरुद्धमा आन्दोलनको लागि तयार रहन नेताकार्यकर्तालाई निर्देशन समेत दिए ।

Sponsored

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व शिक्षामन्त्री तथा नेकपा स्थायी समिति सदस्य गिरीराजमणि पोखरेलले पार्टीमा सशक्त अनुशासनको अवश्यक्ता रहेको बताए । हरेक दिन प्रधानमन्त्री ओली जथाभावी झुट बोलेर भ्रम फैलाउने गरेकाले केपी प्रवृतिबाट बच्न आग्रह गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *