TodayPati

बेलायतमा टिकटकविरुद्ध १२ वर्षीया बालिकाको उजुरी, यस्तो भन्छन् टिकटक !

टुडेपाटी-
जनकपुरधाम, पुस १९ गते ।

विश्वचर्चित भिडियो सेयरिङ एप टिकटकविरुद्ध १२ वर्षीया बालिकाको उजुरी परेको छ ।

बेलायतमा टिकटकविरुद्ध बालिकाले उजुरी दिएकी हुन् ।

Sponsored

उनले बालबालिकाको जानकारी अवैधानिक रुपमा प्रयोग गरेकाले टिकटकविरुद्ध कारवाही हुनुपर्ने माग गरेकी छिन् ।

अदालतले यस विषयमा अनुसन्धान अगाडि बढेको खण्डमा बालिकाको पहिचान गोप्य राखिने बताएको छ ।

ती बालिकाको भनाइप्रति बेलायतको बालबालिकाकी आयुक्त एनी लङफिल्डले एक्यवद्धता जनाएकी छिन् । यद्यपी बालिकाले डेटा अवैधानिक रुपमा प्रयोग भएको विषयमा कुनै प्रमाण दिएकी छैनन् ।

Sponsored

टिकटकले प्रतिक्रिया स्वरुप १३ वर्षमुनीका बालबालिकाले टिकटकमा आवद्ध हुनै नपाउने आफ्नो नियम रहेको बताएको छ ।

यद्यपी उमेर ढाटेर १३ वर्षभन्दा मुनीका बालबालिकाले टिकटकहरु प्रयोग गरेको पाइन्छ । बालबालिकाका अभिभावकले पनि बालबालिकालाई टिकटक प्रयोग गर्न प्रेरित गरेको देखिन्छ । एजेन्सी

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *