भारतमा कोरोनाविरुद्धको दुई खोपलाई प्रयोगका लागि अनुमति दिइयो, कति प्रभावकारी ?
टुडेपाटी-
नयाँदिल्ली, पुस १९ गते ।
भारतमा दुईवटा कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ ।
भारतको औषधि नियामक संस्था ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया डीसीजीआईले अक्सफोर्डको खोप कोभिडशिल्ड र भारतकै बायोटेक कोभ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।
डीसीजीआईका अनुसार बायोटेक कोभ्याक्सिन ७०.४२ प्रतिशत प्रभावकारी छ । अक्सफोर्डको खोप भने ६२ देखि ९० प्रतिशत प्रभावकारी देखिएको विभिन्न अनुसन्धानले जनाएका छन् ।
डीसीजीआईले दुईवटा खोपलाई स्वीकृति दिएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्दै भारतलाई कोरोनामुक्त गर्न यी खोपले सहयोग पुर्याउने बताएका छन् ।
मोदीले ट्वीटमा भारतमै बनेको खोपले समेत स्वीकृति पाएको बताउँदै भारत विभिन्न विषयमा आत्मनिर्भर बन्दै गएको पनि उल्लेख गरेका छन् । एजेन्सी
Sponsored