संविधानलाई ओलीबाट खतरा : पुर्वमन्त्री पोखरेल
टुडेपाटी-
जनकपुरधाम, पुस १७ गते ।
नेकपा स्थायी कमिटी सदस्य तथा निर्वतमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीबाट संविधान नै खतरामा रहेको बताए ।
जनकपुरमा नेकपा प्रचण्ड- नेपाल पक्षले गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने–‘गैर संवैधानिक ढंगले यो कदम चालिएकाले समयमै यसलाई रोक्न नसकेपछि यसले अरु नकरात्मक घटना पनि ल्याउन सक्छ ।’
संघीयता ल्याउन मधेसको महत्वपुर्ण भूमिका रहेका बताउँदै संविधान रक्षाका निम्ति जनता समाजवादी पार्टी लगायत अन्य दलहरुसँग समेत सहकार्यको तयारी भइरहेको उनले बताए ।
लामो आन्दोलन र संघर्षपछि प्राप्त संविधान, संघीयता, समोवेशिता, लोकतन्त्र र गणतन्त्र रक्षामा सबै तह तप्कालाई जुट्न उनले आह्वान समेत गरे ।
Sponsored