TodayPati

प्रदेश २ मा पौष १८ गतेबाट जिल्ललादेखि स्थानीय तहसम्मै प्रचण्ड–नेपाल समुहद्धारा आन्दोलनको घोषणा


टुडेपाटी

जनकपुरधाम, पुस १७ गते ।


प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, संघीया, लोकतन्त्र, गणतन्त्र र समावेशीता नै समाप्त पार्ने उद्देश्यकासाथ संसद विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समुहको नेकपाले प्रदेश २ मा आन्दोलनको घोषणा गरेको छ ।

Sponsored

बिहीवार सम्पन्न प्रचण्ड–नेपाल समुहको नेकपा प्रदेश कमिटीको बैठकले प्रधानमन्त्री ओलीको प्रतिगामी कदम विरुद्ध एक हजार एक सदस्यीय प्रदेशस्तरिय संघर्ष समिती गठन गरी संघर्षमा उत्रिने निर्णय भएको नेकपा प्रदेश सह–ईन्चार्ज विश्वनाथ साहले बताए ।

उनकै संयोजकत्वमा गठित संघर्ष समितीले प्रदेशका आठवटै जिल्ला, स्थानीय तह र वडाहरुमा संघर्ष समिती गठन गरी पौष १८ देखि २४ गतेसम्म आन्दोलनका कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

संविधान खतरामा : पुर्वमन्त्री पोखरेल

Sponsored

नेकपा स्थायी कमिटी सदस्य तथा निर्वतमान शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीबाट संविधान नै खतरामा रहेको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले भने–‘गैर संवैधानिक ढंगले यो कदम चालिएकाले समयमै यसलाई रोक्न नसकेपछि यसले अरु नकरात्मक घटना पनि ल्याउन सक्छ ।’

संघीयता ल्याउन मधेसको महत्वपुर्ण भूमिका रहेका बताउँदै संविधान रक्षाका निम्ति जनता समाजवादी पार्टी लगायत अन्य दलहरुसँग समेत सहकार्यको तयारी भइरहेको उनले बताए ।

लामो आन्दोलन र संघर्षपछि प्राप्त संविधान, संघीयता, समोवेशिता, लोकतन्त्र र गणतन्त्र रक्षामा सबै तह तप्कालाई जुट्न उनले आह्वान समेत गरे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *