TodayPati

नेकपा प्रचण्ड–नेपाल पक्षको प्रदेश २ भेला सम्पन्न, आन्दोलनको लागि तयार रहन निर्देशन

टुडेपाटी-
जनकपुरधाम, पुस १६ गते ।

जनकपुरमा नेकपा प्रचण्ड–नेपाल पक्षको प्रदेश २ भेला सम्पन्न भएको छ । जनकपुर स्थित नेकपाको प्रदेश पार्टी कार्यालयमा भएको भेलामा प्रदेश सह इन्चार्ज विश्वनाथ साहको अध्यक्षतामा बिहीबार भेला सम्पन्न भएको हो ।

भेलामा प्रदेश २ मा नेकपा तर्फबाट प्रदेशसभा सदस्य ३२ जना मध्ये २० जना, नेकपाका ४ जना स्थायी समिति सदस्य मध्ये ३ र ६८ जना केन्द्रीय सदस्य मध्ये ४५ जना प्रचण्ड–माधव समूह पक्षमा देखिएका छन् । भोलाबाट प्रशिक्षणबाट प्रदेश २ मा प्रदेश संघर्ष समिति १ हजार १ सदस्यीय समिति, सोबाट आन्दोलनका गतिविधि संचालनका लागि १ सय १ सदस्यीय सचिवालय समिति, ६ सय १ सदस्यीय जिल्ला समिति गठन पुस १८ गतेसम्ममा गरिसक्नुपर्ने निर्णय भएको नेकपा प्रदेश २ का प्रदेश सदस्य उदय यादव बरबरियाले जानकारी दिए ।

Sponsored

भेलालाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रम छर्ने कार्य गरिरहेकाले यस भ्रमलाई चिर्नुपर्ने आवश्यकता रहेको जनाएका छन् ।
उनले ओलीले पार्टीभित्रका विवाद देखाएर अराजक गतिविधिहरु गरी भ्रम छरेको आरोप समेत लगाए । अहिले आएर ओलीले अध्यक्ष माधवजी बारेमा समेत अनेकन भ्रमहरु फैलाइरेहेकाले यसलाई चिर्नु जरुरीरहेको उनको भनाइ छ ।

स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृका प्रसाद यादवले कम्यूनिष्ट पार्टीको नाममा ओलीले खल्तीबाट केन्द्रीय सदस्य र मन्त्री पद बार्गेनिङ स्वरुप वितरण गरेर भर्ना अभियान संचालन गरेको आरोप लगाए ।

अहिले ओली तर्फबाट मन्त्री पद नै बितरण भैइरहेकाले केही साथीहरु अझै पनि दोधारमा रहेको उनको भनाइ छ । उनले जस्तो सुकै परिस्थिति आए पनि आफूहरु सामना गर्न तयार रहेको बताउँदै सशक्त संघर्षका लागि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए ।

Sponsored

प्रदेश स्तयरीय वैठक तथा प्रशिक्षण कार्यक्रममा प्रदेश नम्बर २ का ८ वटै जिल्लाबाट प्रदेश समितिका नेता तथा सदस्यहरु, प्रदेशसभा सदस्य, प्रतिनिधि सभा सदस्य, जिल्ला ईन्चार्ज, सेक्रेटरी समेतको सहभागिता रहेको केन्द्रीय सदस्य श्रीप्रसाद साहले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *