यी हुन् प्रदेश १ का मुख्यमन्त्री राईले निलम्बन गरेका आर्चायसहित १५ सांसद
टुडेपाटी-
विराटनगर, पुस १६ गते ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ सांसदलाई निलम्बन गरेका छन् । ओली समूहमा रहेका मुख्यमन्त्री राईले भीमप्रसाद आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् ।
मुख्यमन्त्री राईले प्रेस विज्ञप्ति जारी गर्दै निलम्बनको घोषणा गरेका छन् ।
ओली समूहले निलम्बन गरेका प्रदेश सांसदहरूः
भीमप्रसाद आचार्य
जीवन घिमिरे
Sponsored
इन्द्रबहादुर आङबो
विजयकुमार विश्वास
सावित्राकुमारी रेग्मी
उपेन्द्र घिमिरे
लिलावल्लभ अधिकारी
राजेन्द्रकुमार राई
यशोधा अधिकारी
लछुमन तिवारी
मोहनकुमार खड्का
कुलप्रसाद साम्बा
धिरेन्द्र शर्मा
टंक आङबुहाङ
कुसुमकुमारी श्रेष्ठ
यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले इन्द्र आङ्बोलाई मन्त्रीबाट हटाएका छन् भने आइतबार राईविरुद्ध ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता भएको थियो । राईले भने अविश्वासको प्रस्ताव दर्ता गरेकोमा स्पष्टीकरण सोधेका थिए ।
जवाफ पेश नगरेकाले राईले काटेको पत्रमा भनिएको छ, नेकपा संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी तीन महिनाका लागि दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ ।