Breaking ! लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पर्साबाट पक्राउ
टुडेपाटी-
जनकपुरधाम, पुस १६ गते ।
लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । प्रहरी उनलाई पर्साबाट पक्राउ गरेको हो ।
महानगरीय अपराध महाशाखा, बानेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालय, पर्साले उनलाई पक्राउ गरेको प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
अग्रवाललाई काठमाडौं पठाउने वा नवलपरासीबाटै कानुनी प्रक्रिया थाल्ने भन्ने टुंगो अहिले लागेको छैन ।
प्रहरीले उपलब्ध गराएको रेकर्ड अनुसार लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ ।
पारिवारिक विवादका कारण भाउजु सुनिता गोयलको नाममा रहेको खाताको दुई करोड रुपैयाँ रोक्का रहेको अग्रवालले बताएका छन् । त्यसलाई फुकुवा गराउने गरी तयारी भइरहेको छ ।
Sponsored
किसानलाई ठगी गरेको अभियोगमा सरकारले पक्राउ गर्न आदेश दिएका मध्ये चार मिलका मुख्य सञ्चालकहरु भने हालसम्म पक्राउ पर्न सकेका छैनन् ।