मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदै
टुडेपाटी-
काठमाडौै, पुस १६ गते ।
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार ‘हेर्न नभ्याइने’सूचीमा राखिएको थियो । आज त्यो रिट न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको छ ।
संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।
Sponsored