TodayPati

यमनमा प्रधानमन्त्री र मन्त्री चढेको विमान लक्षित गरी भयानक विस्फोट, २२ जनाको मृत्यु, ५० घाइते

एजेन्सी

जनकपुरधाम, पुस १६ गते ।


यमनमा प्रधानमन्त्रीसहित नयाँ सरकारका मन्त्रीलाई लक्ष्य गरी गराइएको भयानक बम विस्फोटमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ।

Sponsored

त्यहाँका सुरक्षा अधिकारीका अनुसार नयाँ मन्त्रिमण्डलका सदस्यलाई छिमेकी मुलुक साउदी अरबबाट लिएर आएको विमान यमनको दक्षिणी सहर अदनस्थित विमानस्थलमा अवतरण हुनासाथ भयंकर विस्फोट गराइएको हो।

घटनामा ५० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेहरुमा सहायक कर्मचारी र केही अधिकारीहरु छन् । प्रधानमन्त्री र उनको मन्त्रिपरिषदका सदस्यहरु भने सुरक्षित छन् ।

विष्फोटपछि प्रधानमन्त्री मइन अब्दुलमलिक सइद र उनको मन्त्रिपरिषदका सदस्यहरुलाई सुरक्षा घेरामा राखेर सुरक्षित स्थानतर्फ लगिएको थियो ।

Sponsored

यमनको सूचना मन्त्री इरियानीले हुथी विद्रोहीहरुले कायरतापूर्ण आक्रमण गरेको टिप्पणी गरेका छन् ।

समाचार एजेन्सी एएफपीका अनुसार कम्तिमा दुई पटक विष्फोट भएको आवाज सुनिएको जनाएको छ । विष्फोटपछि गोली पनि चलेको थियो । साउदी टेलिभिजन च्यालन अल हदथले सार्वजनिक गरेको एक भिडियोमा मिसाइल आक्रमण गरेको देखिन्छ ।

यसअघि सन् २०१९ मा पनि अदनको एक सैन्य परेडमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा ३६ जना मारिएका थिए ।

यमन सन् २०१५ मा शुरु भएको गृहयुद्धपछि संकटमा छ । हुथी विद्रोहीहरुले देशको पश्चिमी क्षेत्रका अधिकांश भाग नियन्त्रणमा लिएका छन् । उनीहरुले साउदी अरब समर्थित राष्ट्रपति अब्दूरब्बु मंसुर हादीलाई देश छाड्न बाध्य पारेका थिए ।

त्यसपछि साउदी अरबको नेतृत्ववाला सैन्य गठबन्धनले यमनको गृहयुद्धमा हस्तक्षेप गर्दै आएको छ । त्यसपछि यमनको हालत झन् खराब हुँदै गएको बताइन्छ । यमनको गृहयुद्धमा हालसम्म १ लाख १० हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *