संसद पुनर्स्थापना गर्न संविधानले नै नमिल्ने प्रधानमन्त्री ओलीको दाबी
टुडेपाटी-
काठमाडौं, पुस १५ गते ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्न संविधानले नै नमिल्ने दाबी गरेका छन् ।
काठमाडौंमा बुधबार सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब संसद पुनर्स्थापना गर्न नमिल्ने भएकोले चुनावको विकल्प नभएको दाबी गरे ।
‘संसद पुनर्स्थापना गर्न संविधानले मिल्दैन,’ उनले भने, ‘जतिबेला मैले विघटनको सिफारिस गरें, त्यसबेला संसदको ६४ प्रतिशतको नेता मै हो । सरकार बन्ने विकल्प थिएन भने केका लागि पुनर्स्थापना ? यो सम्भावना छैन ।’
उनले बेलायतमा लिखित संविधान नभए पनि संसद पुनर्स्थापना भएको बताएका छन् ।
‘चुनाव हुँदैमा के संविधान जान्छरु गणतन्त्र र लोकतन्त्र जान्छ ?’ उनले भने, ‘झन् मजबुत हुन्छ ।’
Sponsored
चुनावको विरोध नगर्न बरू तयारी गरे केही सिट जित्न उनले प्रचण्ड-नेपाल पक्षलाई आग्रह गरेका छन् ।