नेकपाको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन
टुडेपाटी-
काठमाडौं, पुस १५ गते ।
प्रचण्ड–नेपाल समूहको नेकपाको बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरिएको छ ।
यसअघि संसदीय दलको नेतामा डोरमणि पौडेल थिए । उनी अहिले प्रदेशको मुख्यमन्त्री हुन् ।
उनी ओली पक्षको नेकपामा रहेपछि प्रचण्ड–नेपाल समूहले शाक्यलाई प्रदेश संसदीय दलको नेता चुनेको हो ।
मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्तासमेत भइसकेको छ ।
उनलाई मुख्यमन्त्रीबाट हटाएर शाक्यलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिएको छ ।
Sponsored
पेरिसडाँडास्थित नेकपाको कार्यालयमा बसेको प्रचण्ड–नेपाल समूहको नेकापको बागमती प्रदेश सांसदहरूको बैठकले शाक्यलाई नेता चुनेको स्रोतले जनाएको छ ।