नयाँ कोरोनाले ल्याइयो खुसीको खबर : फैलिने गति गीव्र भएपनि असर कम
टुडेपाटी-
जनकपुरधाम, पुस १५ गते ।
सबभन्दा पहिले बेलायतमा देखापरेको कोरोना भाइरसको नयाँ प्रजाति पुरानो भन्दा बढी तीव्र गतिमा फैलिरहेका बेला एउटा खुसीको खबर सार्वजनिक भएको छ ।
इङ्ग्ल्यान्डका वैज्ञानिकले गरेको अध्ययनबाट कोरोना भाइरसको नयाँ प्रजाति पहिलेको तुलनामा धेरै गम्भीर नरहेको पत्ता लागेको हो ।
पब्लिक हेल्थ अफ इङल्यान्डले नयाँ प्रकारको कोरोनाबाट संक्रमित १ हजार ७ सय जनामा अध्ययन गरेको हो । त्यस क्रममा पहिलेको कोरोनाले पार्ने असरभन्दा खासै गम्भीर नदेखिएको वैज्ञानिकको निष्कर्ष छ ।
वैज्ञानिका अनुसार कोरोना भाइरसको नयाँ प्रजातिबाट संक्रमित अस्पताल भर्ना हुने दर पुरानो कोरोनाबाट संक्रमितको भन्दा खासै अन्तर छैन । तर नयाँ कोरोनाको फैलिने गति पुरानोको भन्दा तीव्र देखिएको उनीहरूले बताएका छन् ।
सुरुमा बेलायतमा देखिएको कोरोनाको नयाँ प्रजाति अहिले युरोपका धेरै देशमा फैलिसकेको छ भने भारतमासमेत यसबाट १९ जना संक्रमित भएको पुष्टि भएको छ । एजेन्सी
Sponsored