नेकपा फुटेको घोषणा गर्न प्रदेश २ मा आज ओली पक्षको भेला, यी केन्द्रिय नेताहरु सहभागी हुँदै
टुडेपाटी
जनकपुरधाम, पुस १५ गते ।
नेकपाको औपचारिक विभाजनको सन्देश दिन भन्दै केपी शर्मा ओली पक्षधर नेकपाले आज प्रदेशस्तरिय भेला आयोजना गरेको छ ।
आज हिान ११ बजेदेखि वीरगमा सुरु हुने भेलाले पार्टी विभाजनको औचित्य र सन्देश दिने प्रदेश संसदीय दलका नेता समेत रहेका स्थायी कमिटी सदस्य सत्य नरायण मण्डलले जानकारी दिए ।
भेलालाई पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री प्रभु साह , कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।
भेलामा प्रदेश २ का करिब १५ हजार नेता कार्यकर्ता सहभागी हुने नेता मण्डलको दावी छ ।
Sponsored