TodayPati

सप्तरीमा राजावादीको प्रदर्शनमा हस्तक्षेप, ब्यानरमा आगजनी

शुभ नारायण यादव-
सप्तरी, पुस १४ गते ।

राजासहित हिन्दु राष्ट्र पुर्नस्थापनाको लागि सप्तरीको सदरमुकाम राजविराजमा गर्न लागिएको र्याली प्रदर्शन गर्दै कार्यक्रम विथोलिनुका साथै ब्यानरमम समेत आगजनी गरिएको छ ।

जनता समाजवादी पार्टी, नेपाली काँग्रेस र दाहाल–नेपाल समूहका नेकपाआवद्ध विद्यार्थीहरुले मंगलबार कार्यक्रम विथोल्दै र्यालीका लागि तयार गरिएको ब्यानर समेत जलाएको हो ।

Sponsored

विभिन्न आन्दोलनपछि जनताले पाएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न भइरहेको षड्यन्त्रको विरोध गर्दै विद्यार्थीहरुले राजावादीको र्याली विथोलिएका छन् । वर्षौदेखिको आन्दोलनपछि जनताले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका हुन्, तर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त अनेकौं षड्यन्त्र भइरहेको भन्दै जनता समाजवादी पार्टीआवद्ध विद्यार्थी नेता शम्भु यादवले आफुहरुले कदापी पनि स्वीकार्य नहुने बताए ।

अब उपरान्त पनि यस्ता खालका कुनै पनि गतिविधी गर्न नदिने र गर्न खोजे सशक्त रुपमा विरोध गर्ने विद्यार्थीहरुको अडान रहेको विद्यार्थी नेता किशोर कुमार यादव केसस्को भनाइ छ ।

सदरमुकाम राजविराजमा राजा आउ देश बचाउ भन्ने नाराका साथ जुलुस समेत प्रदर्शन गरिरहेका छन भने अर्कोतिर ठाउँ ठाउँमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *