नेकपा प्रचण्ड–नेपाल पक्षको युवा तथा विद्यार्थीद्वारा राजविराजमा मसाल जुलुस
शुभ नारायण यादव-
सप्तरी, पुस १३ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहको राष्टिय युवा संघ तथा अनेरास्ववियुका विधार्थीहरुले सप्तरीको राजविराजमा मशाल जुलुस प्रदर्शन गरेको छ ।
शिव मन्दिरवाट निस्केको मशाल जुलुस दशन चौकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।
सो विरोध सभामा नेकपाका पुर्व मन्त्री उमेश कुमार यादव, वडाअध्यक्ष प्रेम कुमार यादव, छेदि रजक बिमल ,अखिलेश झा लगायतका बक्ताहरुले आ आफनो धारणा राखेका थिए ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिधिसभा विघटन असंवैधानिक भएको भन्दै पुनरस्थापना हुनु पर्ने माग गरेका छन् ।
Sponsored