उखु किसानले २१ दिन भित्र बक्यौता भुक्तानी पाउने सहमति, किसानको आन्दोलन स्थगित
टुडेपाटी-
काठमाडौं,पुस १३ गते ।
आन्दोलतरत उखु किसान र सरकारबीच चार बुादे सहमति भएको छ । सोमबार २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सरकार र किसानबिच सहमति भएको हो ।
उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयमा दिउँसोदेखि दुबै पक्षबिच बार्ता भएको थियो । बार्तामा किसानको बक्यौता २१ दिन भित्र बक्यौता रकम उद्योगीबाट दिलाई दिन मन्त्रालयले पहल गर्ने र त्यो सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए ।
उनका अनुसार सहमति पश्चात काठमाडौं स्थित माइतिघर मण्डलामा किसानल गर्दै आएको आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएका छन् ।