TodayPati

काङ्ग्रेसद्वारा संसद विघटनविरुद्ध राजविराजमा पनि प्रदर्शन

शुभ नारायण यादव-
सप्तरी, पुस १३ गते ।

संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सप्तरी क्षेत्र नम्बर २ द्वारा सदरमुकाम राजविराजमा विशाल जुलुस प्रदर्शन गरिएको छ ।

राजविराजस्थित शिव मन्दिरको प्राङगणबाट सोमबार हजारौं नेता कार्यकर्ताहरुको सहभागितामा निकालिएको जुलुस नगरको विभिन्न भागको परिक्रमा पश्चात् जनआन्दोलन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सरकारको असंवैधानिक संसद विघटनको विरोधमा राजविराजमा आयोजित विरोध सभामा सहभागिहरुले संसद विघटन नसच्याएसम्म काङ्ग्रेसको आन्दोलन जारी रहने बताइएको छ ।

Sponsored

विरोध सभामा काङ्ग्रेसका क्षेत्रिय अध्यक्ष महानन्द यादवको अध्यक्ष्तामा आयोजित कार्यक्रममा सांसद गीता यादव, सचिव रामकुमार यादव, नगर सभापति शम्भुलाल देव, नन्दकिशोर यादव, इर्साद अन्सारी, अर्जुन साह लगायतका वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको कदमलाई घोर भत्र्सना गरेका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *