TodayPati

विप्लव समूहका सुनसरी इन्चार्ज पौडेल धरौटीमा रिहा

टुडेपाटी
सिरहा, फागुन २३ गते ।

जिल्ला अदालत सिरहाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सुनसरीका इन्चार्ज लक्ष्मण पौडेललाई धरौटीमा रिहा गरेका छन् ।

इन्चार्ज पौडेलविरुद्ध बम विष्फोट र एनसेल टावरमा आगजनी गरेको अरोपमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सांगठनिक अपराधअन्तर्ग दर्ता भएको मुद्दामा थुनछेक गर्न भएको पेसीमा जिल्ला अदालत सिरहाका न्यायाधीश केदारनाथ पौडेलले १५ हजार र बम विष्फोट मुद्दामा साधारण तारेखमा रिहा गरेका हुन् ।

Sponsored

सिरहामा संसदीय निर्वाचनको समयमा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सुरेशचन्द्र दासको घरमा बम विष्फोट गराएको र सिरहाको अर्नामा गाउँपालिकाको एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई उदयपुरबाट सिरहा ल्याई जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको जनाइएको छ ।

पौडेल गत असोज ७ गते सुनसरीको इटहरीबाट पक्राउ परेका थिए । सुनसरी जिल्ला अदालतले २५ हजार धरौटीमा रिहा गरेका पौडेललाई पुनः पक्राउ गरी झापा पु¥याइएको थियो । झापा जिल्ला अदालतले पौडेललाई २५ हजार धरौटीमा रिहा गरेपछि सुनसरी प्रहरीले पक्राउ गरी उदयपुर लगेको थियो । सर्वोच्च अदालतको आदेशमा उदयपुरबाट गत फागुन १४ मा रिहा भएका पौडेललाई प्रहरीले सिरहा प्रहरीलाई सुम्पेको थियो ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *