संसद विघटनको विरोधमा सरकारविरुद्ध देशभर कांग्रेसको प्रदर्शन सुरु
टुडेपाटी-
जनकपुरधाम, पुस १३ गते ।
प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा जनकपुरसहित देशभर प्रदर्शन सुरु गरेको छ । सोमवार कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन सुरु गरेको हो ।
मन्त्रिपरिषदको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको हो । विभिन्न क्षेत्रमा कांग्रेसका विभिन्न नेताहरुले सम्बोधन गर्ने छ ।