माग पूरा गर्ने आश्वासनसहित उखु किसानलाई मन्त्रालयबाट फोन, दिउँसो ३ बजे वार्ता
टुडेपाटी-
काठमाडौं, पुस १३ गते ।
विगत १६ दिनदेखि काठमाडौंस्थित माइतीघर मण्डालामा आन्दोलनरत उखु किसानलाई उद्योग तथा वाणिज्य मन्त्रालयले वार्ताका लागि बोलाएको छ ।
उखुको बाँकी रकम भुक्तानीको माग राख्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका किसानहरूलाई दिउँसो ३ बजे वार्ताका लागि बोलाइएको मन्त्रालयलका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद रेग्मीले जानकारी दिए ।
यता उखु किसान संघर्ष समितिका संरक्षक राकेश मिश्रले मन्त्रीका निजी सचिवले फोन गरी वार्ताका लागि बोलाएको बताए । उनले भने, ‘हामीलाई वार्ताका लागि वातावरण बन्दै गरेको भन्दै मन्त्री ज्यूका निजी सचिवले फोन गरेका छन् ।’
उनले आफूहरूले राखेको मागमा उनीहरू सकारात्मक भएको भन्दै दिउँसोसम्ममा माग पूरा गर्ने खबर आएमा वार्ताका लागि जाने बताए ।
उनले भने, ‘वार्ता बस्नु पहिले उहाँहरूले हामीले राखेको मागबारे निष्कर्ष निकाल्नुहुन्छ, माग पूरा हुने देखिएमा हामी वार्तामा जान्छौं ।’
Sponsored
कुरा मिले आजैदेखि आन्दोलन रोकिने समेत उनले बताए ।
आन्दोलनरत किसानहरूले सुनिश्चितता, सबै रकम भुक्तानी तथा भुक्तानी नगर्नेलाई कानूनी उपचार तत्कालै गर्नुपर्ने लगायतका माग राखेका छन् ।
किसानहरूले उद्योगीहरूबाट ९० करोड रुपैयाँ लिन बाँकी छ ।