महोत्तरी–सर्लाहीको सागरनाथ वन क्षेत्रमा गैर कानुनी ठेक्का लगाएर यसरी हुँदैछ प्रकृतिको दोहन
टुडेपाटी
जनकपुरधाम, पुस १३ गते ।
महोत्तरी–सर्लाही क्षेत्रमा वन क्षेत्रमै अवैध उत्खनन भइरहेको पाइएको छ ।
बाँके नदीमा उत्खननको ठेक्का पाएको क्रसर उद्योगले अवैध रुपमा वन क्षेत्रमै उत्खनन गरेको भेटिएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिकाले उत्खननका लागि नदीको करिब एक किलोमिटरभित्र ठेक्का लगाइएको भनिए पनि क्रसर उद्योगले वन क्षेत्रमा नै उत्खनन गरिरहेको छ । व
न क्षेत्रमा थोरै लगानीमा राम्रो र बढी कच्चा पदार्थ पाउने भएपछि क्रसर उद्योगीले जंगलमा उत्खनन गरेको स्थानीयको भनाई छ । नगरपालिकाले वडा नम्बर १३ बाँके नदीको चार स्थानबाट उत्खननका लागि ठेक्का लगाएको छ ।
Sponsored
वडा नम्बर १३ को १२ नम्बर टोल क्षेत्रबाट ५ लाख ७५ हजार १ सय १२ घनमिटर, घाटटोल क्षेत्रबाट ४ लाख ५० हजार ८ सय ८८ घनमिटर, वडा नम्बर १३ मै पर्ने नदीको अन्य क्षेत्रबाट ५ लाख ३६ हजार ७ सय ६८ घनमिटर र रेल्वे क्षेत्रबाट ३३ हजार ७ सय ३९ घनमिटर नदी उत्खननका लागि १ करोड ८ लाखमा शिवम कन्स्ट्रक्सन जनकपुरलाई ठेक्का दिइएको हो ।
तर गैर कानुनी रुपमा वन क्षेत्र ठेक्का र उत्खनन गरिएपछि स्थानीयदेखि वन परियोजनाका कर्मचारी समेत विरोधमा उत्रिएका छन् । सागरनाथ वन विकास परियोजनाका प्रमुख जितेन्द्र कर्माचार्यले वन क्षेत्रमा नियम मिचेर ईश्वरपुर नगरले नदी उत्खननको ठेक्का लगाएको बताए ।
परियोजना क्षेत्रमा उत्खननको ठेक्का लगाउँदा नगरपालिकाले कुनै परामर्श र सहकार्य नगरेको उनको भनाइ छ । ईश्वरपुरकी उपप्रमुख एकावतीदेवी चौधरीले नियमअनुसार नै उत्खननका लागि ठेक्का लगाइएको बताइन् । जिल्ला समन्वय समितिले दिएको वातावरणीय मूल्यांकन प्रतिवेदनअनुसार ठेक्का लगाएर उत्खननको सम्झौता भएको उनको भनाइ छ ।