ओली विरुद्ध धनुषा सहित काँग्रेसले आज देशभर प्रदर्शन गर्दै
टुडेपाटी
जनकपुरधाम, पुस १३ गते ।
संसद विघटनको विरोधमा नेपाली काँग्रेसले धनुषा सहित देशभर आज प्रदर्शन गर्दैछ ।
१६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले आयोजना गर्ने विरोध प्रदर्शनमा सम्बन्धित निर्वाचन क्षेत्रका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्ने नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
Sponsored
यसैगरी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीमा सम्बोधन गर्ने कार्यक्रम छ ।
कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न परिपत्र गरेको छ ।