प्रदेश २ का जिल्लाहरुमा नेकपा प्रचण्ड–नेपाल पक्षको भेला सम्पन्न
टुडेपाटी-
जनकपुरधाम, पुस १२ गते ।
प्रदेश २ का जिल्लाहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षको जिल्ला भेला सम्पन्न भएको छ । जनकपुर स्थित नेकपाको प्रदेश पार्टी कार्यालयमा जिल्ला इन्चार्ज श्रवण यादव बरबरियाको अध्यक्षता तथा स्थायी कमिटी सदस्य गणेश साहको प्रमुख आतिथ्यतामा भेला भएको थियो ।
भेलामा केन्द्रीय सदस्यहरु रामचन्द्र झा, सत्रुधन महतो, श्रीप्रसाद साह, हरिवंश झा, रत्नेश्वरलाल गोइत, जिल्ला कमिटी उपाध्यक्ष रामचन्द्र पण्डित, जिल्ला सचिव दीपक यादव लगायत झण्डै एकहजारको सहभागिता रहेको थियो ।
यस्तै सप्तरी सदरमुकाम राजविराजमा नेकपाका जिल्ला अध्यक्ष अशोक कुमार मण्डल(अमर) को अध्यक्षतामा नेकपा प्रचण्ड–नेपाल समुहका अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । त्यस भेलामा नेकपा प्रदेश २ का सहइन्चार्ज तथा पुर्वमन्त्री महेन्द्र पासवान, पुर्वमन्त्री उमेश कुमार यादव, केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इञ्चार्ज रामप्रित पासवान, नेकपा सप्तरीका सचिव तथा प्रदेशसभा सदस्य गोबिन्द न्यौपाने, नेकपा नेतृ तथा प्रदेशसभा सदस्य रुवी कर्ण लगायत झण्डै पाँचसय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यस्तै पार्टीको सर्कुलर अनुसार संसद विघटनविरुद्ध महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा पनि जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको प्रदेश सांसद तथा नेकपाका केन्द्रीय सदस्य सत्रुधन महतोले बताए ।
Sponsored