TodayPati

जसपाद्वारा संसद विघटन विरुद्ध प्रदेश २ भरि प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, पुस १२ गते ।

संसद विघटन विरुद्ध आइतबार पनि जनता समाजवादी पार्टी (जसपा) ले प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेको छ । पार्टीको सर्कुलर अनुसार प्रदेशको २ को अस्थायी राजधानी जनकपुर लगायत आठै जिल्लाको सदरमुकाममा जसपा नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।

धनुषाको सदरमुकाम जनकपुरधाममा प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, विघटित प्रतिनिधिसभाका सांसद प्रमोद साह, प्रदेश सांसद परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहसहितका नेताकार्यकर्ता प्रदर्शनमा सहभागि भएका थिए ।

Sponsored

यस्तै सिरहा सदरमुकाम सिराहा, महोत्तरी सदरमुकाम जलेश्वर, सर्लाही सदरमुकाम मलंगवा, रौतहट सदरमुकाम गौर, बारा सदरमुकाम कलैया र पर्सा सदरमुकाम वीरगञ्जमा पनि जसपाका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । यसअघि शनिबार साँझ प्रदेशका जिल्ल तथा स्थानीय तहमा जसपाले मसाल जुलुस प्रदर्शन गरेका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *