कोरोना भाइसबाट ३ हजार ३८३ जनाको मृत्यु, संक्रमितको संख्या ९८ हजार पुग्यो
एजेन्सी
जनकपुरधाम, फागुन २३ गते ।
कोरोनाभाइरस ‘कोभिद–१९’ का कारण विश्वभर ३ हजार ३८३ जनाको ज्यान गएको छ।
चीनको राष्ट्रिय स्वास्थ्य आयोग तथा अन्तर्राष्ट्रिय तथ्यांकअनुसार शुक्रबार सम्म ३ हजार ३८३ को ज्यान गइसक्दा विश्वभर यस भाइरसबाट संक्रमितको संख्या ९७ हजार ९४७ पुगेको छ।
चीनपछि कोरोनाबाट सबैभन्दा बढी संक्रमित देखिएको दक्षिण कोरियामा शुक्रबारसम्म संक्रमितको संख्या ६ हजार २८४ पुगेको छ। त्यहाँ ४२ को मृत्यु भइसकेको छ।
यस्तै चीनपछि कोरोनाबाट सबैभन्दा बढी ज्यान गुमाउने राष्ट्र इटाली र इरान हो। त्यहाँ क्रमश १४८ र १०७ को मृत्यु भएको छ।
इटालीमा ३ हजार ८५८ कोरोनाबाट संक्रमित छन् भने इरानमा ३ हजार ५१३ संक्रमित छन्।
Sponsored
कोरोनाको प्रकोपलाई मध्यनजर गर्दै विभिन्न राष्ट्रले कोरोना संक्रमित राष्ट्रमा भ्रमण प्रतिबन्ध लगाएका छन्। विभिन्न मूलुकले पठनपाठन नै ठप्प पारेका छन्।
विश्व स्वास्थ्य संगठनले भीड र समूहमा नबस्न सुझाव दिएको छ। हात समय समयमा धुन आग्रह गरेको छ।
हालसम्म ५५ हजार १८६ जना कोरोनाको उपचारपछि स्वस्थ बनेको बताइएको छ।