रौतहटबाट निर्वाचित मन्त्री साहले पदभार ग्रहण गर्दै भने- ‘सरकारको पहिलो प्राथमिकता निर्वाचन हो’
टुडेपाटी-
काठमाडौं, पुस १२ गते ।
नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले पदभार ग्रहण गरेका छन् । रौतहट क्षेत्र नं. ३ बाट निर्वाचित मन्त्री साहले मन्त्रालयमा पदभार ग्रहण गर्दै सरकारको पहिलो प्राथमिकता निर्वाचन भएकाले सोहीअनुसार काम गर्ने बताएका छन् ।
चालू आर्थिक वर्षको बजेटमा समावेश कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने गरी दोस्रो प्राथमिकता रहेको मन्त्री साहले बताए ।
उनले भने, ‘भइरहेका कामहरुलाई प्रभावकारी ढंगले अगाडि बढाउने र निर्धारित निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नु अहिलेको मुख्य दायित्व हो ।’
यसबाहेक कतिपय ठाउँमा कोरोना महामारी जटिल बनेकाले सरकारले त्यसलाई पनि ध्यान दिने उल्लेख गरे ।
सहरी विकास मन्त्रालय विकाससँग जोडिएकाले विकासलाई प्रभावकारी बनाउने उनको भनाइ छ ।
Sponsored