प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
टुडेपाटी-
बिराटनगर, पुस १२ गते ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको भएको छ ।
आइतबार बिहान नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका संसदहरुले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान आर्थिक मामिला मन्त्री अर्थमन्त्री इन्द्र आङ्बो छन् भने समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।
अविश्वासको प्रस्तावमा ३७ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन् । अविश्वास प्रस्तावमा भीम आचार्यलाई मुख्यमन्त्रीको रुपमा प्रस्ताव गरिएको छ।
सचिवालयमा ३७ सांसदको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गराएको सांसद इन्द्र आङ्बोले बताए । उनका अनुसार मुख्यमन्त्रीको रुपमा भीम आचार्यलाई प्रस्ताव गरिएको छ ।
प्रदेशसभा ९३ सदस्यीय रहेको छ। अविश्वास प्रस्ताव पारित गराउनका लागि ४७ सांसदको आवश्यक पर्छ। प्रदेश १ मा नेकपाका ६७ सांसद रहेका छन् ।
Sponsored
प्रदेश नम्बर १ काे सरकारका ३ मन्त्रीले आइतबार बिहान राजीनामा दिएका छन् ।
सत्तारूढ नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपामा दुईचिरा परेको छने प्रदेश सरकार विरुद्ध एकले अर्कोलाई अविश्वासको प्रस्ताव दर्ता गराइरहेका छन् ।