TodayPati

नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावना : पूर्वराजदूत पुरी

एजेन्सी-

जनकपुरधाम, पुस १२ गते ।

नेपालका लागि भारतका पूर्वराजदूत मञ्जीवसिंह पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजसंस्था फर्काउने सम्भावना रहेको दाबी गरेका छन्।

Sponsored

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भारतकाे अंग्रेजी राष्ट्रिय दैनिक ‘द ट्रिब्युन’ मा लेख लेख्दै पूर्वराजदूत पुरीले वर्तमान घटनाक्रम हेर्दा नेपालमा राजसंस्था पुनःस्थापना हुने सम्भावनालाई नकार्न नसकिने विश्लेषण गरेका हुन्।

पुरीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रधानमन्त्री ओलीबीच यस विषयमा सम्झौता भएको हुन सक्ने आशंका गरेका छन्।

उनले लेखेका छन्, ‘राजतन्त्र अन्त्यपछिको एक दशकसम्म पूर्वराजा चुपचाप रहेको भए पनि पछिल्लो समय राजतन्त्रवादीको देशव्यापी प्रदर्शनपछि भने नेपालमा सरकार र पूर्वराजा वा उनका पक्षधरबीच कुनै सम्झौता भएकाे हुन सक्ने देखिन्छ। पूर्वराजा वा उनका समर्थकसँग सम्झौताको सम्भावना अस्वीकार गर्न सकिँदैन।’

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *